यी हुन् अमेरिकी मोह त्यागेर नेपाल फर्किएका ८ नेपाली कलाकार

धेरै नेपाली कलाकार नेपालमा राम्रै चर्चा हुदाँहुदै पनि बिदेशिएका छन् । सबैका ब्यक्तिगता चाहाना या बाध्यता होलान तरपनि राम्रै चर्चा हुदाँहुदैपनि धेरै कलाकार बिदेशिए । खास गरेर धेरै कलाकारको पहिलो रोजाइ अमेरिका रहेको छ ।

धेरै कलाकार कलाकारिता क्षेत्रलाइ माध्यम बनाएर पलायन हुने गरेका छन् । नेपाली सिने बजारमा यस्ता प्रशस्तै उदाहरणहरु भेट्न सकिन्छ । यी नै पलायन भएका केहि कलाकार भने अमेरिकाको बसाइपछि स्वदेश फर्किएर कलाकारितामा सक्रिय भएका छन् ।

रमेश उप्रेती

रमेश उप्रेती पनि अमेरिकाको बसाइलाई त्याग्दै नेपाल फर्किएर अभिनयमै रमाएका कलाकार हुन् । चलचित्र क्षेत्रमा राम्रै चर्चा हुदाहुदै उनी अमेरिका हानिए र लामो समयपछि उनी नेपाल फर्किएर फिल्ममा नै सक्रिय छन् ।

रमेश आफैंले पनि ऐश्वर्य नामक चलचित्र निर्माण गरिसकेका छन् । रमेशले अभिनय गरेको पहिलो चलचित्र रगत हो । चलचित्र रगतमा उनले भिलेनको रोल निर्वाह गरेका छन् ।

त्यसपछि बनेको चलचित्र पराइ घर मा भने उनले नायकको भूमिका नै निर्वाह गरेका थिए ।

प्रियंका कार्की

लामो समयको अमेरिकाको बसाइपछि नेपाल फर्किएकी नायिका हुन प्रियंका कार्की । उनले अमेरिकामै बसेर स्नातकसम्मको अध्ययन गरेकी थिइन् । त्यती मात्र होइन् उनले अमेरिकामै विवाह समेत गरिन् । उनी उतै सेटल भैसकेकी थिइन् ।
तर पछि आफ्ना श्रीमानसँग सम्बन्ध-विच्छेद गरेर नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले अभिनय यात्रालाई नै निरन्तरता दिइन् ।

उनी नेपाल फर्किएर सक्रिय भएपछि निकै चर्चा चुलियो त्यसपछि हालसम्म उनले पछाडी फर्किए हेर्नु परेको छैन् । हाल प्रियंका नेपाली सिने क्षेत्रको सर्वाधिक व्यस्त नायिकाका रुपमा स्थापित भएकी छिन् ।

उनले कलाकार आयुष्मान देशराज जोशीसँग बिवाह गरिसकेी छन् ।

दिलिप रायमाझी

कुनै समयका निकै लोकप्रिय नायक दिलिप रायमाझि पनि केहि बर्ष अमेरिकामा हराए । परिवारसँग अमेरिका पुगेका रायमाझी पछिल्लो समय भने नेपालमै कलाकारिता क्षेत्रमा ब्यस्त छन् तर उनको परिवार भने अमेरिका मै छन् ।

कुनै समय उनको निकै चर्चा थियो । उनी अभिनित दर्पणछाया सुपर डुपरहिट नै भएको थियो ।

करिष्मा मानन्धर

करिष्मा मानन्धर पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किएकी हुन् । उनी नेपाल फर्किएपछि अभिनयसँगै राजनीतिमा समेत सकृय भइन । तर पछिल्लो समय भने उनी राजनितीबाट टाढा छिन् ।

एक समय निकै व्यस्त नायिकाका रुपमा स्थापित मानन्धरलाई सुन्दर नायिकाका रुपमा समेत चिनिन्छ ।उनले अभिनय गरेको पहिलो चलचित्र सन्तान हो । सन्तानमा उनले बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् ।

नेपाली कथानक चलचित्र कस्तुरीमा काम गरेपछि उनले त्यस समयका निकै चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाहपछि उनी चर्चाको शिखरमा पुगिन् ।

सरोज खनाल

अभिनेतन सरोज खनाल पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किने कलाकार हुन् । नेपाल फर्किए लगत्तै उनी पुन कलाकारिता क्षेत्रमा सकृय भएका छन् । सरोज खनालले अभिनय गरेको पहिलो चलचित्र विजय पराजय हो । एक समय उनको पनि निकै चर्चा थियो तर चर्चाकै बिच उनी अमेरिका गायब भए । र उनी लामो समयपछि नेपाल फर्किए ।

राजाराम पौडेल

राजाराम पौडेल पछिल्लो समयका निकै व्यस्त हास्यकलाकारका रुपमा चिनिन्छन् । उनी पनि अमेरिकाको करिब ७ वर्षको बसाइपछि नेपाल फर्किएर आएका हुन् । त्यो समय नेपालमा द्वन्द्वकाल चलिरहेको थियो ।

देशमा भएको राजनैतिक गतिविधिले आफ्नो छोराको भविष्यलाई लिएर निकै चिन्तित हुने गर्थे राजाराम । अन्तत छोराको भविस्यलाई लिएर उनले अमेरिका जाने निर्णय गरे ।

उनी पनि अमेरिकामा छोराको साथमै रहन थाले । छोराले अध्ययन पूरा गरेपछि उनले छोरालाई अष्टेलिया पठाए । उनी अमेरिका रहरले बसेका थिएनन् । जब छोरा त्यहाँबाट अष्टेलियातिर लागे । अन्तत राजाराम अमेरिकाबाट नेपाल फर्किए र कलाकारिता क्षेत्रमा नै आफुलाई सुम्पिए ।

गौरी मल्ल

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् गौरी मल्ल । उनी पनि लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी हुन् ।उनले धेरै नेपाली र केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् ।

अमेरिकाबाट नेपाल फर्किएपछि उनी पुन कलाकारिता क्षेत्रमै सकृय भएर लागिरहेकी छिन् ।

यमन श्रेष्ठ

यमन श्रेष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । उनी अध्ययनका निम्ति अमेरिकामा बस्दै आएका थिए । उनले विवाह समेत अमेरिकामै गरेका थिए ।

यमन अमेरिकामा रहँदासम्म कलाकारिता क्षेत्रबाट टाढा थिए । तर संगीत र कलाकारिता क्षेत्रमा उनी अत्यन्तै रुचि राख्ने गर्थे । उनलाई अमेरिकामा बस्न फिटिक्कै मन थिएन । तर छोरीको भविष्यले उनलाई घरी घरी झस्काउने गथ्र्यो ।

नेपालमा यमनकी आमालाई क्यान्सर रोगले च्यापेपछि यमन आफ्ना श्रीमती तथा छोरी समेतलाई लिएर नेपाल फर्किएका थिए, त्यो पनि अब अमेरिका नफर्किने गरी ।

प्रकाशित मिति October 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।