कसरी सुत्नेः बाँया फर्किएर सुत्ने की दायाँ ?

सुत्नु जीवनमा अनिवार्य प्रक्रिया हो । हामी कसरी सुत्छौं वा कुन आसनमा सुत्छौं, कतिबेला सुत्छौं भन्ने बारे खासै वास्ता गर्दैनाै तर सुताइको सिधा सम्बन्ध स्वास्थ्यसँग हुन्छ ।

स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि ।, स्वास्थ्य जीवनका लागि दैनिक ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । ।

सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रलाई प्रभावित तुल्याउन सक्छ । राम्रो निन्द्राका लागि सुत्नुअघि हल्का व्यायाम, प्राणायाम लाभदायक हुने बताइन्छ । गहिरो सास लिने र छाड्ने प्रक्रियाले पनि निकै फाइदा गर्छ ।

वास्तु विज्ञान अनुसार पूर्व वा दक्षिण दिशातर्फ शिर राखेर सुत्नु राम्रो हो । सुताईको पोजिसन र पृथ्वीको चुम्बकिय प्रभावले पनि हाम्रो स्वास्थ्यलाई असर गर्छ ।

बायाँतर्फ ढल्किएर सुत्नु स्वास्थ्यका लागि राम्रो हो । हुन त रातभर हामी एउटै पोजिसनमा सुत्दैनौ । यद्यपी सुत्नका लागि जब ओछ्यानमा पल्टन्छौ, तब बायाँतर्फ ढल्किएर सुत्नुपर्छ । यसरी सुत्दा पेट र अन्नाशयमा भोजन पचाउन सजिलो हुन्छ । यो पोजिसनमा सुत्दा अन्नाशयले खाना पचाउनका लागि इन्जाइम ठिक ढंगले निकाल्छ । त्यसले राती खाएको खाना पचाउँछ ।

कलेजोको काम बाइल जुस निकाल्नु हो, जसले गल ब्लडरमा पाचन क्रिया राम्ररी हुन पाउँछ । बायाँतर्फ ढल्किएर सुत्दा यो क्रिया ठिक डंगले हुन्छ । यसले गर्दा बोसो राम्ररी पच्छ । कलेजोमा बोसो जम्न पाउँदैन । बायाँतर्फ ढल्किएर सुत्दा छोटो र लामो आन्द्रालाई पनि आरम मिल्छ ।

बायाँतर्फ ढल्किएर सुत्दा शरीरमा जम्मा भएको टक्सिन एवं बिकार बिस्तारै बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किदा कलेजो र पाचन प्रणालीमा असर पुग्दैन ।

वायाँतर्फ ढल्किएर सुत्दा मुटुमा दबाव पर्दैन । किनभने यतिबेला मुटुबाट रगतको आपूर्ति धेरै मात्रामा भइरहेको हुन्छ । जब मुटु स्वस्थ्य हुन्छ, रगत र अक्सिनको आपूर्ति सजिलै हुन्छ ।

यसरी सुत्दा शरीरको बिकारयुक्त पदार्थ कलेजो र मृगौलाद्वारा बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किएर सुत्दा पेट सहि हुन्छ, थकान हट्छ, पेट फुल्दैन ।

प्रकाशित मिति October 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।