क्याटरीनाले सलमानसँग राखिन् यस्तो इच्छाः के पुरा गर्देलान् उनले ?

‘फिल्म ‘दबंग’ मा जसरी एक प्रहरी अफिसरलाई देखाइएको छ, उसरी नै महिला प्रहरी अफिसरलाई लिएर पनि कुनै एउटा फिल्म अनिवार्य रुपमा बनोस्,

बलिउड अभिनेत्री क्याटरीना कैफ फिल्म ‘भारत’ को सफलतापछि मख्ख छिन् । फिल्म सफल भएपछि हालै सलमान खान र क्याटरीना कैफले मिडियासँग आफ्नो खुशी साटेका छन् । यसै दौरान क्याटरीनाले सलमान खानसँग एक इच्छा व्यक्त गरेकी छिन् । क्याटरीना चाहन्छिन् कि, ‘दबंग’ मा चुलबुल पाण्डेजस्तै एक महिला अफिसरमा पनि एक फिल्म बनाइयोस्, जसमा क्याटरीनाको मुख्य भूमिका होस् ।

कुराकानीका सिलसिलामा क्याटरीनाले भनिन्, ‘फिल्म ‘दबंग’ मा जसरी एक प्रहरी अफिसरलाई देखाइएको छ, उसरी नै महिला प्रहरी अफिसरलाई लिएर पनि कुनै एउटा फिल्म अनिवार्य रुपमा बनोस्, महिला प्रहरी अफिसरको भूमिकामा पनि जरुर फिल्म बन्न जरुरी छ ।’ यसमा सलमान खानले आफ्नो देशमा हिरोको कहानी चल्ने भएकाले यस्ता फिल्म बनाइएको र कुनै समय महिला प्रहरी अफिसरको भूमिकामा पनि फिल्म बन्ने धारणा राखे । पछिल्लो समय निर्देशन रोहित सेट्टीले शक्तिशाली प्रहरी अधिकारीलाई लिएर कैयन् प्रहरी सुपरहिरोका तस्वीर शेयर गरेका छन् । केही समयअघि रोहितले महिला प्रहरी हिरोका रुपमा लिएर फिल्म बनाउने योजना बनाएको समाचार पनि बाहिर आएको थियो ।

प्रकाशित मिति June 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।