स्वेता खड्का भन्छिन्ः “नक्कल गर्यौ भने तिमी हराउँछौ”

काठमाण्डौ – नेपाली चर्चित नायिका हुन् स्वेता खड्का । उनले आफ्नै परिश्रमले आफ्नो परिचय बनाउन सबैमा आग्रह गरेकी छिन् ।

उनले अरुको नक्कल गरेमा हामी एकदिन अवश्य हराउने छौ भन्दै नयाँ नयाँ आइडिया सिर्जना गरेर अघि बढ्न सल्लाह दिएकी छिन् ।

“नक्कल गर्यौ भने तिमी हराउँछौ ।” नहराउनको लागि आफैले नयाँ ‘आइडिया’ जन्माउन सक्नुपर्छ । नयाँ आइडिया सहज पक्कै हुन्न, विभिन्न परिक्षणबाट गुज्रिनुपर्ने हुन्छ ।

स्वेता एक संघर्षशील महिला हुन् । जिन्दगीको सबैभन्दा ठुलो पि-डा पतिको निधनको अनुभव कलिलो उमेरमा गरेकी स्वेताले विभिन्न अवरोह पार गर्दै अगाडी बढेकी छिन् । उनले हाल व्यवसायको साथसाथै सामाजिक कार्यमा पनि अग्रसर छिन् ।

आफैले सृजना गरेर अघि बढ्नु सहज नभएपनि यस्ले भविष्यमा सम्मान र परिचय प्राप्त गर्न सकिने स्वेताले बताएकी हुन् ।

सामाजिक सञ्जालमा स्वेताले लेखेकी छिन्, “नक्कल गर्यौ भने तिमी हराउँछौ ।” नहराउनको लागि आफैले नयाँ ‘आइडिया’ जन्माउन सक्नुपर्छ ।

नयाँ आइडिया सहज पक्कै हुन्न, विभिन्न परिक्षणबाट गु-ज्रिनुपर्ने हुन्छ ।

तर त्यसले तपाईंको आफ्नै परिचय बनाइदिन सक्छ। लकडाउनका कारण श्वेता घरमै बस्न बाध्य छिन् ।

प्रकाशित मिति October 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।