प्रधानमन्त्रीज्यू, ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’- ऋचा शर्मा

प्रधानमन्त्री ओलीलाई अभिनेत्री ऋचाको खुल्ला पत्र- ‘मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

स्वदेश नेपाल

बिहिबार, अशोज २२, २०७

बढ्दो यौ,नहिं,सा घटनाहरुका विषयलाई उदृत गर्दै नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुल्ला पत्र लेखेकी छन् ।पछिल्लो समय देशभर ब,ला,त्का,र घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छन् ।
देशमा कानुनले यस्ता ग’म्भीर घटनाका अपरा,धिहरुमाथि उचित कारबाही नगरेको उनको गुनासो छ । नारी पुजिने देश एवं नारी नै राष्ट्रपति भएको देशमा महिलाहरु असुरक्षीत रहनु लज्जास्पद भएको उनको भनाइ छ । सरकारमाथि विश्वास गर्ने आफुले अहिले सडकमा एक्लै हिड्दा डर लाग्ने अवस्था आएको बताएकी छन् ।

यस्तो छ अभिनेत्री ऋचाको निवेदन
आदरणीय प्रधानमन्त्रीज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ । मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ ।

दिनहुँ स–साना नाबालकहरुलाई पनि ब,ला,त्का,र गर्ने भ,क्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स–साना नाबालकहरुलाई पनि ब,ला,त्का,र गर्ने भ,क्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।
जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा ब,ला,त्का,र जस्तो जघ,न्य अ’प,राधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोला‘जीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।
यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्ष,सहरुले भो,ग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन। बाँकी तपाईहरु बुझकी ।
निवेदक : एक आम नेपाली नारी/ ऋचा शर्मा

प्रकाशित मिति October 8, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।