सुशान्तले कमाएका थिए पाँच वर्षमा ७० करोड

नायक सुशान्त सिंह राजपूतको मृ त्युलाई एम्सको फोरेन्सिक टिमले आफै मरेको बताइसकेको छ भने अर्कोतर्फ उनको बैंक खाताको फारेन्सिक अडिट रिपोर्टमा पनि केही संदिग्ध सुराग भेटिएन ।
सुशान्तको सबै बैंक खातामा पछिल्लो ५ वर्षको क्रममा ७० करोडको लेनदेन भयो जसमा ५५ लाख रिया चक्रवर्तीसँग सम्बन्धित पाइयो । धेरैजसो पैसा यात्रा, स्पा र उपहार खरिद गर्नका लागि खर्च गरियो ।

यसमा रिया चक्रवर्ती र उनका भाइको भूमिका बलिउडमा प्रोफेशनल राइवलरी र भा–भतिजावाद, न’शा’लु औष’धीको दुरुपयोग र राजपूतको मानसिक स्वास्थ्यबारे अ’नु’सन्धा’न हुनेछ,

१४ अक्टोबर २०१९ मा सुशान्तको बैंक खातामा ४.६४ करोड भारु नगद थियो जुन ९० दिनभित्र घटेर १.४ करोड भएको थियो । जुन पैसा सुशान्तको खाताबाट निकालियो वा ट्रान्सफर भयो, त्यो भेरैजसो रिया चक्रवर्ती र उनको परिवारमाथि खर्च भयो ।
१४ अक्टोबरमा रियाका भाइ शोविकको अकाउन्टमा ८१, ९०१ भारु ट्रान्सफर भयो ।
१५ अक्टोबर २०१९ मा ४।३ लाख भारु दिल्लीको होटल ताजमा बस्नका लागि पठाइयो ।
१६ अक्टोबर २०१९ मा रिया र शोविकलाई दिल्लीको हवाई टिकटका लागि ७६ हजार भारु पठाइयो । त्यसपछिको केही दिनसम्म धेरै थोरै गरी लाखौं रकमको ट्रान्जेक्सन भयो ।
१४ नोभेम्बर २०१९ मा रियाको नाममा डेढ लाख भारुको ट्रान्जेक्सन भयो । २० र २१ नोभेम्बर २०१९ मा रियाको मेकअप र सपिङमा ७५ हजार भारु खर्च भयो ।
२४ नोभेम्बर २०१९ मा रियाको सपिङमा २२,२२० भारु खर्च भयो ।
२५ नोभेम्बरमा यसै खाताबाट रियाका भाइको ट्युशन फी दिइयो ।

प्रकाशित मिति October 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।