दिपिकाले बलिउडमा राखिन् नयाँ रेकर्ड

प्रभासको जोडी बन्न सफल भएकि दीपिकाले २० करोड भारूको मोटो पारिश्रमिक बुझेको भारतीय संचारमाध्यमले जनाएका हुन्। दीपिकाले बुझेको यो पारिश्रमिकले दीपिकालाई भारतीय सिनेमा इतिहासमा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनाएको छ।

चलचित्र बाहुबलीबाट आफ्नो छुट्टै पहिचान बनाएका प्रभास नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिकासँग देखिने भएका हुन्। पुजा हेगडे, श्रद्धा कपुरसँग काम गरिसकेका प्रभासले अब आउने प्रोजेक्टमा दीपिकासँग काम गर्न लागेका हुन।

भारतीय सञ्चारमाध्यमका अनुसार एक तेलुगु भाषाको फिल्म यी दुई स्टार देखिन लागेका हुन् । उक्त फिल्मलाई तामिल र हिन्दी भाषामा डबिङ गरिनेछ। प्रभासले इन्स्ट्राग्राममा केहि समय अघि एक पोस्ट गर्दै दीपिकालाई स्वागत गरेका थिए ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्

दीपिका र प्रभास पहिलोपटक एउटै फिल्ममा काम गर्न लागेका हुन् । त्यसैले, फिल्मको नाम र अन्य कलाकारका बारेमा खासै जानकारी बाहिर आएको छैन। भारतीय सञ्चारमाध्यमले उक्त फिल्म साइन्स हुने र फिल्मको निर्देशक नाग आश्विन रहने उल्लेख गरेका छन् ।

हेर्नुहाेस् उनले सामाजिक संजालमा शेयर गरेका केहि

 

तस्विरः

प्रकाशित मिति October 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।