यी बिवाहित व्यक्तिकाे प्रेममा छिन् अनुष्का

अत्याधिक रुचाइएकाे फिल्म ‘बाहुबली’ हाे । बाहुबली मा मुख्य भुमीमा अभिनय गरेका दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको नाम सोही सिनेमाका अभिनेता प्रभाससँग निक्कै नै जोडिएको थियो ।

उनीहरूले आफूहरू एक राम्रो साथी मात्र भएको बताएका थिए । सामाजिक संजालमा उनीहरूबिचको सम्बन्ध प्रेममा रहेको समाचामा प्रकाशित समेत भएका थिए ।

केहि समय अघि मात्र अभिनेत्री अनुष्का एक निर्देशकसँग प्रेममा रहेकी छिन् भन्दै सामाजिक संजालमा निकै चर्चा चलेकाे थियाे । अनुष्काको निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ। सन् २००४ मा तेलेगु भाषामा बनेको बाल सिनेमा ‘बोम्मालता’ बाट सिनेमा निर्देशनमा डेब्यू गरेका उनले अनुष्कालाई लिएर सन् २०१५ मा तेलेगु-तमिल कमेडी ‘साइज जिरो’ बनाएका थिए।

सोही सिनेमापछि उनीहरुकाे प्रेम सुरु भएको हाे। त्यो समय विवाहित रहेका प्रकाशको दुई वर्ष अगाडि सम्बन्ध-विच्छेद गरेका थिए ।

प्रकाशित मिति October 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।