मुन्द्रेको कमेडी क्ल्बबाट हटाइए लगत्तै दिपाश्रीले दिइन् यस्तो प्रतिक्रिया

कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्यकलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन सुचारु हुनेको छ । तर उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई ल्याइएको स्रोतले जनाएको छ ।
केही समय अघि मात्रै दिपाश्रीले नेपाली चर्चित महानायक राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि उनी चर्को विबादमा तानिएकी हुन् । उनीसँग दर्शक अहिले पनि रिसाइरहेका कैयौँ दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेता’वनी दिएपछि केही झस्किएकी उनका कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ। मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनमा कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी छिन् ।
दिपाश्रीले सामाजिक संजाल फेसबुमा यस्ताे लेखेकि छिन् –
नमस्कार,
मुन्द्रेको कमेडि शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुँदैछ। यस्को लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ। फेरी त्यहि माया र सद्भभाब कार्यक्रमलाई निरन्तर प्रदान गर्नुहुन्छ भन्ने आशा गरेकी छु।
मलाइ पहिलो सिजनका लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जितु भाइलाई धन्यवाद! यस्तै गरेर मलाई हौसला दिने शशि सर, पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाई मनै दैखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू- जसले हाम्रा कमि कमजोरीहरूलाई नजरअन्दाज गरेर कार्यक्रमलाई स्विकार गरिदिनु भयो ।

प्रकाशित मिति October 5, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।