कोरोनाकै कारण सकियो एक ब्यापारीक घराना, आमा र भाईपछि ममताको पनि निधन

वीरगञ्ज- कोरोनाबाट एक परिवारमा ३ जनाको निधन भएको छ । वीरगञ्जस्थित हिमाञ्चल केविनकी सञ्चालक ममता राजकर्णिकरको परिवारमा ३ जनाको निधन भएको हो । आमा र भाई गु माएको केही दिनमै ममताको पनि निधन भएको छ ।

लामो समयदेखि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेकी राजकर्णिकरको विहिवार दिउँसो निधन भएको हो ।

कोरोना पुष्टि भएपछि उनको काठमाडौँस्थित ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको थियो । वीरगञ्जस्थित क्रेच इन्टरनेसनल स्कुलकी सञ्चालक समेत रहेकी राजकर्णिकरको उपचारको क्रममा बिहिबार दिउँसो अढाई बजे उनको निधन भएको परिवार निकट स्रोतले जनाएको छ ।

शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा उनके ‘अन्त्येष्टि’ गरिएको छ । उनि उमन स्किल सेन्टर वीरगञ्जको संस्थापक सदस्य र सृजनशिल युवाहरुको संस्था संस्कृतीकी सल्लहाकार समेत रहकी थिइन ।

यसअघि कोरोनाकै कारण उनका भाई व्यवसायी विजय राजकर्णिकर र आमा केदार नानि राजकर्णिकरको निधन भएको थियो ।

प्रकाशित मिति September 25, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।