हिट फिल्म दिन नसकेकी सारा (फोटो फिचर)

पोखरा- नायिका सारा सिर्पालीको सुन्दरता र अभिनयको चर्चा निकै छ तरपनि उनले अपेक्षित सफलता पाउन सकेकी छैनन् । साराको चर्चा त हुन्छ, तर चलचित्र सफल नहुँदा फिल्ममा जम्न गार्हो भइरहेको छ ।

उनको डेब्यु फिल्म रूद्र चलेन । तर कतिपयले निखिलको भन्दा साराको अभिनयलाई रुचाएको प्रतिक्रिया समेत दिए । उनलाई निखिलले नै फेरि अर्को फिल्म ‘पिंजडा ब्याक अगेन’ मा देखिइन्। यो फिल्म पनि फ्लप भयो ।

तर पनि उनलाइ फिल्मको अभाव रहेन । तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’ अभिनय गरेकी साराले यो फिल्मबाट पनि सफलता हात पार्न सकिनन् । लगातार तीन फिल्म दिएकी सारा अहिले गुमनाम जस्तै छिन् ।

पछिल्लो समय कतिपय अभिनेत्रीहरु नयाँ नयाँ फिल्म साइन गरेको चर्चा छ तर साराको भने कुनै चर्चा छैन । लकडाउन अगाडि फिल्म ‘गुञ्जन’ को छायांकन सकेर बसेकी उनी अब हिट फिल्म दिने तयारीमा रहेको बुझ्न् सकिन्छ । जसका कारण पनि उनी राम्रो स्क्रिप्टको खोजीमा रहेको हुनुपर्छ ।

प्रकाशित मिति September 23, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।