अनुहारका रौँ हटाउने उत्तम घरेलु विधि, जान्नुहाेस्

सबैलाई सुन्दर बन्न मन पर्छ । सुन्दरताको मुल्यांकन पनि अनुहारबाट नै गरिन्छ । त्यसैले अनुहार सफा, सुन्दर र चम्किलो बनाउन जो कोही तल्लिन रहन्छन् ।

कसैको अनुहारमा अनाबश्यक रौं तथा झुसले सुन्दरतालाई कुरुप बनाइदिएको हुन्छ । यस्ता अनावश्यक रौं हटाएर चम्किलो र सफा अनुहार बनाउने घरेलु विधिको जानकारी दिइएको छ ।

सामग्री- काँचो दूध,तर, बेसार,बेसन, बिधि, आदिकाे उपयाेग गर्दा निकै राम्राे हुन्छ । यस्तै, एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने । पहिले सफासँग मुख धुने अनि यसरी बनाइएको लेपलाई धोएको अनुहारमा पुरै लगाउने ।

अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछि विस्तारै हातले मसाज गर्दा अनुहारमा भएका कमजोर रौहरुले जरा देखिनै ठाउँ छोड्छ । अन्त्यमा मनतातो पानिले मुख धुने, सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

प्रकाशित मिति September 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।