फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सुनकाे मुल्यकाे भर हुदैन् भने जस्तै भयाे । कहिले बढ्छ, कहिले घट्छ थाहा हुदैन् । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएकाे छ ।

आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९७ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि फेरि तोलामा २० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति September 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।