आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई प्राप्त गर्ने प्रवल सम्भावना देखिएको छ ।
बर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुई तिहाइ नेताको समर्थन पाउने देखाएको छ ।
सबैभन्दा लामो कार्यकाल सम्हाल्ने सफल प्रधानमन्त्रीका रुपमा चर्चित सिन्जी आवेले स्वास्थका कारण पद छाड्ने निर्णय गरेपछि नयाँ प्रधानमन्त्रीको लागि दलमा नयाँ नेतृत्व चयन प्रकृया अगाडि बढेको हो । सेप्टम्बर १६ मा जापानमा नयाँ प्रधानमन्त्री घोषणा हुने कार्यक्रम छ ।
स्थानीय पत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिवालाई पछाडि छाड्दै सुगा अगाडि देखिएका हुन् ।
सुगा जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका काका ससुरा पर्दछन् । सुगा श्रीमती मियको भट्टको काका हुन् ।
प्रकाशित मिति September 14, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।