जब एक महिलाले १० वर्षमा ८ जनासँग बिवाह गरेको रहस्य खुल्यो…

सांकेतिक तस्बिर

धनी बन्न मानिसले दुई बाटो अबलम्बन गर्छन । पहिलो मेहनत र इमानको दोस्रो चो री या छल कपट । मेहनतले आर्जित सम्पत्तिले दीर्घकालसम्म खुसी दिन्छ तर दोस्रो बाटो अपनाउनेले क्षणिक रमाइलो त गर्लान अधिकांश समय भयसँग जिउनु पर्छ ।

यस्तै छिटो धनी बन्ने हर्कत गरेकी छन् एक महिलाले जसले १० वर्षमा ८ जनासँग विवाह गरिन । १० वर्षको अवधिमा ८ जनासँग विवाह गरेर गहना तथा नगद चो री गरेको ती महिलालाई आरोप लागेको छ ।

घटना केहि पहिला भारतको यूपीको हो । यूपी प्रहरीले ती ‘लु टेर दुलही’लाई पक्रा उ गरी उनीविरुद्ध मु’द्धा दर्ता गरेको छ ।यूपीको गाजियाबाद पुलिसले मु’द्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरसँग बिवाह गरेर उनको १५ लाख नगद र अन्य सामान लिएर फ’रार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको समाचारमा उल्लेख छ । आफ्नो नगद चोरी भएपछि जुगल किशोरले प्रहरीलाई उजुरी गरेका थिए । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा उनले ८ जनासँग बिवाह गरेको खुलासा भएको हो ।

एजेन्सी

प्रकाशित मिति September 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।