करण जोहर र काजोलको सम्बन्ध किन बिग्रियो त ?

बलिउडका सफल निर्देशक करण जोहरले आत्मकथा ‘यान अनसुइटेबल ब्वाई’ प्रकाशित गरेका छन् । उक्त पुस्तकमा उनले केही सनसनीखेज खुलासा गरेका छन् ।

आफू २६ वर्षको हुँदा न्युयोर्कमा पहिलोचोटि से क्स गरेको बताउने करणले त्यो अनुभव सिरिङ्ग पार्ने खालको भएको लेखे । उनले दुईचोटि से क्स गरेको र पहिलोचोटिमा पैसा तिरेको लेखेका छन् ।

आफ्नो घनिष्ठ मित्र काजोलसँगको सम्बन्ध बिग्रेको बारेमा पनि उनले पुस्तकमा चर्चा गरेका छन् । काजोलका श्रीमान् अजय देवगणले एक अडियो रेकर्डिङ शेयर गरेका थिए । त्यसमा कमाल आर खानले एकैदिन रिलिज भएका ‘ऐ दिल है मुश्किल’को प्रशंसा गर्न अनि ‘शिवाय’ झुर छ भन्नका लागि आफूलाई करणले २५ लाख दिएको खुलासा गरेका थिए ।

काजोलले यस विषयमा आफू स्तब्ध भएको प्रतिक्रिया ट्वीट गरेपछि करणले काजोलसँग सम्बन्ध टुटेको लेखेका छन् ।

करण समलैं गिक हुन् भन्ने कुरामा धेरैजना विश्वस्त छन् । यसबारेमा पनि उनले आत्मकथामा प्रस्ट पारेका छन् । आफू समलैं गिक भएको उनले स्वीकार गरेपनि खुलेर बाहिर नआउने अड्डी कसेका छन् ।

समलैं गिकतालाई अपराध ठान्ने समाजमा आफू खुलेर अगाडि आउन नसक्ने उनले बताएका हुन् । यसका लागि समलै गिकहरूले उनलाई आलोचना गरेका छन् ।

करीना कपूरसँगको झ गडाका बारेमा पनि करणले पुस्तकमा उल्लेख गरेका छन् । ‘कल हो ना हो’ मा करीनालाई लिन खोजेको भएपनि उनले शाहरुखले पाउने जति पैसा मागेकाले उनलाई लिन नसकिएको उनले लेखेका छन् ।

एक वर्षसम्म यी दुईका बीच बोलचाल भएन । पछि करणका पिता यश जोहर बिरामी हुँदा बल्ल करीना उनीसँग बोल्न थालिन् ।

शाहरुख खानसँग समलैं गिक सम्बन्ध रहेको भनी चलेको हल्लालाई पनि करणले आत्मकथामा उल्लेख गरेका छन् । शाहरुख आफ्ना लागि ठूलो दाइ जस्तो भएको र यौ न समबन्धको प्रश्नै नउठ्ने उनले उल्लेख गरेका छन् ।

यसका अलावा ‘यान अनसुइटेबल ब्वाई’मा करण जोहरका जीवनका रमाइला घटनाहरू संग्रहित छन् ।

प्रकाशित मिति September 3, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।