नेपालकी भाञ्जी, गोविन्दाकी छोरी टिना [फोटो फिचर]

बलिउडमा अत्याधिक चर्चा कमाएका अभिनेता हुन् गोविन्दा । उनलाइ मन नपराउने सायद कमै हाेलान् । उनकाे चर्चा बलिउड देखि हलिउडसम्म हुने गर्छ । अभिनेता गाेबिन्धलाइ नेपाली ज्वाइँ भनेर चिन्ने गरेका छन्, किनकि उनकी बहिनि नेपाली मुलकी सुनिताकी छोरी टिना आहुजा हुन् ।

 

टिना सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । गोविन्दा नेपालका ज्वाइँ हुन् । नब्बेको दशकका चर्चित यी अभिनेता विभिन्न कार्यक्रमका सिलसिलामा नेपाल आएका छन् । टिना पनि नेपाल आएकी छिन् । सामाजिक संजालमा टीनाको सुन्दरताको भने निकै नै तारिफ हुने गरेको छ ।

नेपालमा हुने विभिन्न कार्यक्रमको अतिथि भएर आउँदा गोविन्दालाई आयोजकले नेपालका ज्वाइँ भनेर सम्बोधन गर्ने गर्दछन् । ९० को दशक गोविन्द बलिउडका चर्चित कलाकार थिए । चर्चित अभिनेता गाेबिन्धले अभिनय गरेका चलचित्रले निकै चर्चा पाएका छन् । त्यसमध्य कुल्ली नं १, राजा बाबु, आन्दोलन, पाटर्नर जस्ता हिट फिल्म खेलेका गोविन्दा बलिउडमा चम्केका छन् । तर, उनकी छोरी टिना भने खासै जम्न सकिनन् ।

गतवर्षको भदौ महिनामा अवार्ड समारोहका लागि टिना नेपाल आएकी थिइन् । उनकाे अभिनयसँगै उनकाे नाँच पनि उति कै राम्राे छ । उनी नेपाल आउँदा नेपालकी भान्जी भन्दै आयोजकले परिचित गराएका थिए । टिनाले सन् २०१५ मा ‘सेकेण्ड ह्याण्ड हजबेन्ड’ मार्फत फिल्ममा डेब्यु गरिन् । तर, उनको डेब्यु धमाकेदार हुन सकेन ।

हेर्नुहोस् टिनाले सामाजिक संजाल फेसबुकमा शेयर गरेका तस्वीर:

प्रकाशित मिति September 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।