राशि अनुसार हुन्छ ‘लक्की नम्बर’ तपाइँको कति ?

जन्म वर्ष, महिना वार र समय घडी पलाका आधारमा व्यक्तिको चीना वा टिप्पण बनाइएको हुन्छ । र त्यसकै आधारमा ज्योतिषहरुले फलादेश गर्ने गरेका छन् ।

व्यक्तिको जन्म समय तिथी र नक्षत्रका आधारमा उनीहरुको स्वभाव, गुण लगायत थाहा हुन जान्छ । जन्म सयम र तिथिका आधारमा व्यक्तिको राशि थाहा हुन्छ ।

मानिसको जन्म तिथी नक्षत्र बारका आधारमा रहने राशिले व्यक्तिको स्वभाव र गुणबारे मात्र नभइ कुन राशि भएका व्यक्तिलाई कस्ता पहिरन, प्रेम, शुभ अंक लागत पनि थाहा पाउन सकिन्छ ।

कुन राशि भएका व्यक्तिको शुभ अंक वा लक्की नम्बर कति हो?

मेष– १,९ वृष–७ मिथुन– ५, ६
कर्कट– २ सिंह– १ कन्या– ५,६ तुला– ७

बृश्चिक– १,९ धनु– ३,४ मकर– ८
कुम्भ–८ मिन– ३,४

लक्की नम्बरका आधारमा कुनै पनि काम गर्दा यस्ता नम्बरको हेक्का राख्न जरुरी हुन्छ । जस्तो मेष राशिका लागि १ र ९ अंक लक्कि हो । कुनै काम गर्नु परे यी अंकहरु मिल्ने गरी काम गर्दा फाइदा हुन्छ ।

प्रकाशित मिति August 30, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।