गोंगबु घटना: सकियो अनुसन्धान, स्विकार गरिन् घटना

काठमाडौँ, १३ भदौ । केही साताअघि गोंगबुमा भएको विभत्स ‘ह’त्या काण्ड’ प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु ह’त्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध ज’न्म’कै’दको स’जा’य माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे ह’त्या’मा सं’लग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियाेग स्वीकार गरेको भन्दै अभियुक्त कल्पनालाई ज’न्म’कै’दको सजाय माग दाबी गरिएकाे छ । साथै श’व व्यवस्थापनमा सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई ज’न्म’कै’दको। दुईतिहाइ कम स’जा’य माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ  ।

बोहरा ह’त्या अनुसन्धान बिहीबार नै सकिएको र अध्ययन प्रतिवेदन हिजाे शुक्रबार मात्र सरकारी वकिल कार्यालयमा बुझाइएको परिसरले जनाएको छ ।

प्रहरीले बोहोराको ह’त्या’मा संलग्न भएको आरोपमा कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनले बोहोराको ह’त्या योजनाबद्ध रुपमा आफैँले गरेको स्वीकार गरेकी थिइन् । ह’त्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइतीघर पुगेकी थिइन् ।

प’क्रा’उ’प’छि काठमाडौं ल्याइएकी उनी’वि’रु’द्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । श’व २५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको का’टि’ए’को अवस्थामा भेटिएकाे थियाे भने टाउको केही पर झोलामा भेटिएको थियो ।

प्रकाशित मिति August 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।