जिवेश र रियाशा झग’डा: ‘गल्ति’ कसको ?

जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए ।

‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टु’टेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक र प्रमुख कलाकार हुन् भने रियाशाले उनको जोडी भएर अभिनय गरिरहेकी थिइन् । धेरैले यो जोडीलाई ‘रियल कपल’का रुपमा पनि चर्चा गर्न थालेका थिए ।

यद्यपि, यी दुईको भित्री झग’डा बाहिर आएको थिएन । दुवैले सामाजिक सञ्जालमा वा मिडियामा एक-अर्काका विषयमा केही पनि बोलेनन् । जिवेशसँग अलग भएर रियाशाले कलेज नेपालमार्फत नै ‘सोल्टिनी’ नाममा छुट्टै कमेडी सिरिज निर्माण गर्न थालिन् ।

हालै ‘आजकालको लभ’लाई थप दुई महिला पात्रले पनि बाइबाइ गरेका छन् । कोमलिकाको भूमिकामा देखिँदै आएकी कञ्चन र झ्याम्पुतली बज्यैको भूमिकामा अभिनय गर्ने युगज्योती क्रियाशीलले जिवेशको साथ छोडेका हुन् । छाडेर गएपछि यी दुईले जिवेशमाथि थुप्रै आरोप लगाएका छन् । र, उनीहरुसँगै रियाशाले पनि पहिलोपटक जिवेशविरुद्ध मुख खोलेकी छन् ।

एक यूट्यूव च्यानललाई दिएको सामूहिक अन्तरवार्तामा रियाशाले जिवेशबाट आफू प्र’ताडित भएको बताएकी हुन् । कञ्चन र यूगज्योतिले पनि जिवेशको व्यवहार अ’सैह्य भएपछि उक्त सिरियल छोड्नुपरेको दाबी गरेका छन् । यता, जिवेशले का’उन्टर अन्तरवार्ता दिँदै यी तीनमाथि विभिन्न प्रत्या’रोप लगाएका छन् ।

रियाशा भन्छिन् : हात हाल्न तम्सिए

‘आजकालको लभ’ यूट्यूवमा लोकप्रिय हुँदै जाँदा आर्थिक रुपमा पनि बलियो भइरहेको थियो । तर, यसबीचमा जिवेश र रियाशा र जिवेशबीच पैसाको वि’वाद उब्जियो । रियाशाले मुनाफाको ४० प्रतिशत सेयर मागेपछि झ’गडा भएको हो ।

आजकालको लभको आम्दानी स्रोत भनेको यूट्यूव भ्यूज र स्पोन्सरहरु हुन् । रियाशाका अनुसार कुल आम्दानीबाट प्रोडक्सन खर्च कटाएर त्यसको आधा रकम कलेज नेपालले लिन्छ । बाँकी आधा रकम जिवेशले आफ्नो टिममा बाँडफाँड गर्छन् । यो रकमको ४० प्रतिशत सेयर रियाशाले माग गरेकी थिइन् ।

रियाशाका अनुसार व्यवस्थापनको पहलमा यो वि’वाद साम्य भइसकेको थियो । तर रियाशालाई ४० प्रतिशत सेयर दिने विषयमा व्यवस्थापनले गरेको सहमतिमा जिवेश सन्तुष्ट भएनन् । यही रिसमा जिवेशले सिरिजमा रियाशाको रोल घटा’उँदै लगेका थिए । यही विषयमा असन्तुष्टि पोख्दा झ’गडा भएको रियाशाले बताएकी छन् ।

झग’डाका क्रममा जिवेशले आफूलाई हात हाल्न खोजेको उनको दाबी छ । फेसबुकमा उनले लेखेकी छन्, ‘त्यतिबेला प्रोड्यूसर सरहरुले नरोकेको भए तपाईंले मलाई लु’छ्ने/कोप’र्ने वा चि’र्थोर्नु हुनेथियो ।’

एक सय ४ एपिसोडपछि जिवेशले रियाशालाई हटाएर उनीजस्तै देखिने युवती सुनिशा बजगाईंलाई भित्र्याए । आजकालको लभबाट निकालिए पनि रियाशालाई कलेज नेपालले नै अर्को अवसर दियो । उनी आफैंले निर्देशक बनेर नयाँ टिमसँग ‘सोल्टिनी’ नामको नयाँ सिरिज बनाउन थालेकी छन् । यो सिरिज बिस्तारै लोकप्रियताको उकालो चढिरहेको छ ।

अहिले रियाशा नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरी बास्सै’ मा पनि अभिनय गरिरहेका छन् । साथै मिडिया हबले निर्माण गरिरहेको ‘अति भो’ सिरियलमा रियाशा, कञ्चन र यूगज्योतीको पुनर्मिलन भएको छ ।

हालै यसको प्रसारण सुरु भएको छ । तर जिवेश यसबाट अलग्गिएका छन् ।

कञ्चन खड्का
‘सुटिङस्पटमै उठबस गराइयो’

यूगज्योतीले सुटिङस्पटमा आफूमाथि दु’र्व्यवहार गरेको, बाहिरको प्रोजेक्टमा काम गर्न रोकेको र क रिअर सि’ध्याइदिने ध’म्की’ दिएको लगायत आरोप जिवेशमाथि लगाएकी छन् । सुटिङमा हाँसखेल गर्दा आफूलाई सबैका अगाडिउठबस गराइएको उनको दाबी छ ।

‘जिवेश भाइले मलाई बे’इज्यतिपूर्ण तरिकाले सुटिङस्पटमै उठबस गर्न लगाउनुभयो । सबैका अगाडि थर्काउनुभयो,’ यूगज्योतीले भनेकी छन्, ‘अरु प्रोजेक्टमा काम गरे मु’द्दा हाल्ने ध’म्कीसमेत दिनुभएको छ ।’

कञ्चनको चाहिँ बेग्लै गुनासो छ । जिवेशले आफूसँग प्रेम र विवाह गर्न लगातार दवा’व दिएको उनले बताएकी छन् ।

कञ्चन भन्छिन्, ‘एकपटक मेरो ब्वाइफ्रेन्डसँग ठा’कठुक पर्दा मैले उहाँसँग सेयर गरेकी थिएँ । तर, फेरि मेरो प्याचअप भएको सुनेपछि उहाँ आ’क्रोशित भएर खाटमा मु’ड्की ब’जार्नुभयो । मसित झो’क्किनुभयो ।’ उनी थप्छिन्, ‘मलाई जतिबेला पनि ब्वाइफ्रेन्डलाई छोडेर मसित बिहे गर, पैसा प्रशस्त छ, सुखले पाल्छु भनेर लोभ देखाउनुहुन्थ्यो ।’

जिवेशका प्रत्या’रोप : कञ्चनले चिमो’ट्थिन्

रियाशा, कञ्चन र यूगज्योतीको अन्तरवार्ता आएलगत्तै यूट्यूवमा सनसनी बन्यो । कमेन्टमा जिवेशमाथि गा’लीगलौज सुरु भयो । त्यसपछि जिवेशले पनि आफ्नो टिमसित बसेर अन्तरवार्ता दिएका छन् । अन्तरवार्तामा उनले आफूमाथि लागेका आरो’पहरु खण्डन गर्दै विभिन्न प्रत्या’रोप लगाएका छन् ।

‘मिडियामा आएर आँसु झा’र्नु नै महिलाहरुको सबैभन्दा ठूलो हति’यार हुँदो रहेछ । उहाँहरुले लगाएका आ’रोप सबै असत्य छन्,’ उनले भनेका छन् ।

रियाशालाई हटाएको प्रसंगमा जिवेशले भनेका छन्, ‘पैसाको कुरा नमिलेपछि उहाँले नै सय एपिसोडपछि छोड्छु भन्नुभएको थियो । त्यसपछि मैले उहाँको भूमिका कम गर्दै लगेँ र अर्को कलाकार पनि खोजेँ । तर, १०० एपिसोडपछि अब छोड्दिन भन्नुभयो । त्यसबेला मसित हटाउनुभन्दा अर्को विकल्प थिएन ।’

यूगज्योतीलाई सुटिङस्पटमा कान समातेर उठबस गर्न लगाएको चाहिँ जिवेशले स्वीकारेका छन् । तर, यूगज्योती मात्र नभएर अरु कलाकारलाई पनि उठबस गराएको उनको भनाइ छ ।

‘सुटिङमा टिकटक बनाएर बसेपछि कान समातेर उठबस गर्न लगाएकै हुँ । तर, उहाँलाई मात्र होइन, सुनिसा (बजगाईं) र ललना (चिमरिया) लाई पनि हो,’ जिवेशले भनेका छन् ।

आफूसँग बिहेका लागि दबा’ब दिएको भन्ने कञ्चनको आरो’पको जिवेशले खण्डन गरेका छन् । बरु कञ्चनले नै सुटिङमा आफूमाथि दुर्व्य’वहार गरेको उनको दाबी छ ।

‘हामीले अं’माल गर्ने सीनमा उनले बारम्बार मेरो पेटमा औंलाले चि’मोट्ने, का’उँकुति लगाउने गर्थिन् । योचाहिँ से’क्सुअल ह्यारे’समेन्ट हो कि होइन ?’ उनी प्रश्न गर्छन् ।

‘मलाई जिबु भनेर कसैले बोलाउँदैन । तर उनले हेपेर जिबु भन्थिन् । अरु साथीहरुसँग कुरा गर्दा पनि जिवेश दाई वा जिवेश सर नभनि जिवेश मात्र भन्दिरहिछन्,’ उनले भनेका छन् ।

अन्तरवार्तामा जिवेशले रियाशा, कञ्चन र यूगज्योतीका एकदमै व्यक्तिगत र पारिवारिक कुराहरु पनि बाहिर ल्याइदिएका छन् । उनले कञ्चन र यूगज्योती फेरि फर्किन चाहे स्वागत गर्नेसमेत बताएका छन् ।

कार्यक्रम प्रोड्यूसर के भन्छन् ?

जिवेश र रियाशा बीचको वि’वादबारे ‘आजकालको लभ’ का प्रोड्यूसर सैलेन्द्र बस्नेतसँग जिज्ञासा राख्दा उनले यसबारे आन्तरिक छानबिन भइरहेको बताए ।‘यो विषयलाई हामी आन्तरिकरुपमा नै सल्टाउने प्रयासमा छौं । दुईमध्ये को ठीक र को बेठीक भनेर अहिले म छुट्याउन सक्दिनँ,’ उनले भने ।

आन्तरिक कुरालाई मिडियामा छ’ताछुल्ल बनाउनु राम्रो नभएको भन्दै बस्नेतले यसबारे कम्पनीले ‘एक्स’न’ लिनसक्ने चेता’वनी दिए ।

उनले भने, ‘उहाँहरु दुवैजनाले कलेज नेपालसँग करार सम्झौतामा काम गरिरहनु भएको छ । उहाँहरुको यस्तो व्यवहारले कलेज नेपाललाई असर गर्न सक्छ । त्यसैले यसमा हामीले एक्सन लिनुपर्ने हुन सक्छ ।’

उनले जिवेश र रियाशाबीच सेयरको विषयमा उत्पन्न विवा’दलाई लिएर केही प्रतिक्रिया जनाउन चाहेनन् । यो आन्तरिक विषय भएकाले बाहिर ल्याउने पक्षमा आफूहरु नरहेको उनको भनाइ छ ।

जिवेश र रियाशा दुवै आशालाग्दा प्रतिभा हुन् । लेखन र निर्देशनमा जिवेश अब्बल छन् भने अभिनयमा रियाशा निपूर्ण छिन् । यी दुईको संयुक्त प्रयासमा नै ‘आजकालको लभ’ ले लोकप्रियता हासिल गरेको थियो । । यही लोकप्रियताको बलमा अहिले कलेज नेपालका १० लाख सब्सक्राइबर पुगेका छन् ।

बाहिरबाट हेर्दा यी दुवैको केमेष्ट्रि खुब जमेको थियो र लामो समय टिकाउ हुन सक्ने आँकलन गरिएको थियो । तर, सफलतासँगै दुवैमा घ’मण्ड र महत्वाकांक्षा पनि बढ्यो । अन्ततः उनीहरु छुट्टिए । छुट्टिएर पनि आ-आफ्नो ढंगले काम गरिरहेका थिए । तर, अहिले एकाएक हिलो छ्या’पाछ्यापमा लागेका छन् । चरित्रह’त्यो प्रतिस्पर्धाले घा’टा दुवैलाई हुने छ ।

दर्शक अझै पनि यो टिम पुनःसंगठित भएको हेर्न चाहन्छन् । खासगरी जिवेश र रियाशाको जोडीलाई फेरि सँगै हेर्न चाहनेहरु धेरै छन् । तर, यतिबेला उनीहरुको सम्बन्ध एकदमै तिक्त बनेको छ । उनीहरुबीच सुलह र समझदारी गराउने काममा कलेज नेपाल व्यवस्थापन पनि ‘देखिन्छ ।

प्रकाशित मिति March 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।