कोरोनाका त्रा’स बिच माल्दिभ्स पुगेर रमाउँदै रीमा

कमेडी च्याम्पियन’ सकिएसँगै यसको निर्माणपक्ष नयाँ शोको तयारीमा छ । यो शोको होस्ट नायिका तथा मोडल रीमा विश्वकर्माले गरेकी थिइन् । रीमा यतिबेला भने माल्दिभ्स पुगेकी छिन् । चलचित्र ‘हिजो आजका कुरा’को छायांकन सकेकी रीमाले शोको होस्ट भएर राम्रै चर्चा पाइन् ।

सायद, यही थ’कान भुलाउनका लागि उनी माल्दिभ्समा रमाउन पुगेको हुनुपर्छ । उसो त, सरकारले कोरोनाका कारण अहिले अत्यावश्यक काम बाहेक विदेश नजान नागरिकलाई आग्रह गर्दै आएको छ तर रिमा भने माल्दिभ्समा रमाइरहेकी छन् ।

सामाजिक संजालमा कतिपयले रीमालाई यस्तो अवस्थामा विदेश किन गएको भन्दै प्रश्न पनि गरेका छन् । तर, रीमाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनी स्विमिङ पूलमा रमाइरहेकी छिन् । माल्दिभ्स बलिउड सेलिब्रिटीका लागि सबैभन्दा मनपर्ने गन्तव्य हो ।

अब, विस्तारै नेपाली कलाकारका लागि पनि यो देश आकर्षणको केन्द्रमा बन्न थालेको छ ।

प्रकाशित मिति March 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।