डब्लूएचओले भन्यो- कोरोना महामा’री नेपालतर्फ आउदैछ, सतर्क रहनु

तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भ’यावह हुने चेताव’नी

डिसेम्बरको अन्त्यमा वुहानबाट पहिलो पटक सुरु भएको कोरोनाभाइर’सको संक्र’मण बुधबार बिहानसम्म १६५ देशमा विस्तार भइसकेको छ ।

नेपालमा यो भाइर’सको सं’क्रमण आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९ को महा’मारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै क’डा चेता’वनी दिएको छ ।

दक्षिण पूर्वीएसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भ’यावह हुने चेता’वनी विश्व स्वास्थ्य संगठनले दिएको छ । डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहका अनुसार तत्काल भाइर’स धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी देखिएको छ ।

यो संक्र’मण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन् ।। डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई समावेश रेको छ ।

यस मध्ये ८ देशमा कोरोना भाइ’रस संक्र’मण देखिइसकेको छ । यो मध्ये सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना रहेका छन् । यसैगरी इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्र’मित भेटिएका छन् ।

यस्तै नेपाल र भुटानमा पनि १–१ जना कोरोनाबाट सं’क्रमित भएको डब्ल्यूएचओले जनाएकोे छ । यद्यपि नेपालमा संक्र’मित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारको दावी छ ।

प्रकाशित मिति March 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।