आफन्त भेट्न हिँडेका बृद्धको हृ’दयघा’तका कारण बाटैमा मृ’त्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित बसपार्क नजिकै मंगलबार एक जना मृ’त अवस्थामा भेटिएका छन्। बेलडाँडी गाउँपालिका चवन्नीका ६० वर्षीय भगतबहादुर रावत महेन्द्रनगरस्थित बसपार्क नजिकै मृ’त अवस्थामा भेटिएका हुन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले हृ’दयघा’तका कारण ती वृद्धाको मृ’त्यु भएको बताए। ‘हिँड्दा हिँड्दै लडेका उनको हृ’दयघा’तका कारण मृ’त्यु भएको देखिन्छ’, उनले भने। घट’नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बझाङको छान्ना गाउँपालिका पुख्र्यौउली घर भएका रावत हाल नातिनातिनाको पढाईका लागि भीमदत्त नगरपालिका–४ भगतपुर बस्दै आएका थिए।

नातिनातिनालाई खाना खुवाएर स्कुल पठाएपछि मंगलवार उनी बसपार्क नजिकै बस्ने आफ्ना नातेदारसँग भेटघाटका लागि हिँडेका थिए। उनी हिँड्दा हिँड्दै बाटोमा नै लड्न पुगेका थिए। उनले लामो समयदेखि मुटुको औषधी सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।

मृ’तक भगत बुवाको बरखी बारिरहेका थिए। उनका बुबाको ६ महिना अगाडि मृ’त्यु भएको थियो। उनी सेतो कपडामा नै थिए। उनको श’व पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति March 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।