चीनसँग जोडिएको यो गाउँः जहाँ कोरोना भन्ने थाहै छैन

‘हामीलाई त थाहा छैन, रेडियो नि सुन्दैन।’ विभिन्न देशमा गरी धेरैको मृ’त्यु भएको बताएर सोध्दा उनले भने, ‘कोरोना थाहा छैन, डर नि लाग्दैन।’

दोलखा : विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाइर’स संक्र’मणबारे जानकारी नभएका मानिस अहिले कमै होलान्। दोलखाको दुर्गम र कुनाको गाउँ भनेर चिनिने लुम्नाङका बासिन्दाले भने कोरोना भाइ’रसबारे थाहा पाएकै छैनन्। महामा’री बनेको कोरोनाबारे थाहा नपाएकाले उनीहरू संक्र’मण होला भनेर डराएका छैनन् पनि।

चीनसँग सीमा जोडिएको दोलखाको उत्तरी विगु गाउँपालिका-१ लामाबगरको सबैभन्दा दुर्गम लुम्नाङ गाउँमा न त मोबाइल फोन नै चल्छ न सञ्चारको कुनै अर्को माध्यम नै छ। करिब २० घरधुरी रहेको लुम्नाङका अगुवा भुजुङ शेर्पाले कोरोनासम्बन्धी प्रश्नमा भने, ‘हामीलाई त थाहा छैन, रेडियो नि सुन्दैन।’ विभिन्न देशमा गरी धेरैको मृ’त्यु भएको बताएर सोध्दा उनले भने, ‘कोरोना थाहा छैन, डर नि लाग्दैन।’

चीनको कुती पुग्न लुम्नाङबाट पैदल १० देखि १३ घण्टा लाग्ने भएकाले बाहिरका मान्छेसँग भेटघाट हुँदैन।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध रहेको लामाबगरबाट एक दिन हिँडेर पुगिने लुम्नाङको जनसंख्या मुस्किलले ८० छ। लडेर चोट लाग्नुबाहेक हत्तपत्त रोग नलाग्ने लुम्नाङका आङनुर्बु शेर्पाले बताए। ‘त्यस्तो रोग त थाहै छैन’, उनले भने। लुम्नाङमा निकै पहिला विद्यालय थियो, अहिले छैन। त्यहाँका बालबालिका लामा पढ्न विभिन्न गुम्बामा जानुबाहेक अध्ययनको अन्य कुनै सुविधा छैन।

चीनको कुती पुग्न लुम्नाङबाट पैदल १० देखि १३ घण्टा लाग्ने भएकाले बाहिरका मान्छेसँग भेटघाट हुँदैन। लामाबगर पुग्न पनि त्यति नै समय लाग्छ। चौंरीजन्य उत्पादन र भेडाको घ्यु बेच्ने बेलामा मात्र अन्यत्रका मानिस देख्न पाउँछन् लुम्नाङवासीले। मौसमअनुसार वर्षभरि ६ ठाउँ बसाइँ सरेर चौंरी र भेडा पालेर जीविकोपार्जन गर्ने शेर्पा समुदायको बसोबास रहेको लुम्नाङका बासिन्दा मुस्किलले वर्षमा एकपल्ट लामाबगर वा चीनको कुती पुग्छन्। यो खबर रवीन्द्र गौतमले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

प्रकाशित मिति March 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।