आफ्नाे होटललाई अस्पताल बनाउदै रोनाल्डोः बिरामीको उपाचार समेत नि:शुल्क

सम्पूर्ण बिरामीको उपाचार समेत नि:शुल्क गरिने बताइएको छ । अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने

पोखरा – पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् ।

इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् ।

रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत नि:शुल्क गरिने बताइएको छ । अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् ।

रोनाल्डोमाथि पनि कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । तर उनीमाथि कोरोना नभएको पुष्टि भैसकेको छ ।

प्रकाशित मिति March 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।