कुम्भ, कन्या, तुला र मीन राशिले कुन राशिसँग प्रेम र बिवाह गर्नु राम्रो ?

ज्योतिष बिज्ञानमा राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम निर्भर हुने उल्लेख छ । हमीले ज्योतिष शास्त्र अनुसार निम्न ४ राशिको कुन राशिसँग सम्वन्ध राम्रो हुन्छ प्रस्तुत गरेका छाै ।

कुम्भ राशि: कुम्भ राशि भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी उत्तम मानिन्छ । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशि कुम्भ हो भने मेष, सिंह या धनु राशिका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशि कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशिका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशिका लागि वृष, कन्या या मकर राशि हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।

मीन राशि – जुन मानिसको राशि मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशिका मानीसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छ । मिथुन,तुला र कुम्भ राशिका मानिसका साथ मीन राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ ।मीन राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना कम हुन्छ ।

कन्या राशि-जुन मानिसको राशि कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशिका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य मानिन्छन् । मेष, सिंह र धनु राशिका मानिसका साथ कन्या राशिका प्रेम सम्बन्ध सफल हुने संभावना ठिकै रहन्छ । कर्कट राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

तुला राशि-तुला राशिका मानिसका लागि मिथुन तुला या कुम्भ राशिका साथी सबैभन्दा उत्तम मानिन्छन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशि तुला हो र मेष, सिंह या धनु राशिका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ ।जुन मानिसको राशि तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना पनि मध्यम हुन्छ । तुला राशिका लागि वृष, कन्या या मकर राशिका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

प्रकाशित मिति March 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।