कतारमा कोरोना सङ्क्र’मितको संख्या ३ सय नाघ्यो

कतारमा कोरोना भाइरस सङ्क्र’मितको सङ्ख्या ३ सय ३७ पुगेको छ । कतार सरकारले कोरोना स’ङ्क्रमितको संख्या बढेसँगै उच्च सतर्कता अपनाएको छ । कोरोनाको प्र’कोप नबढोस् भनेर कतारमा रहेका अधिका‌ंश कम्पनीहरुले कामदारहरुको स्वास्थ्य जाँच गरिरहेका छन् ।

कोरोनाको सङ्क्र’मण बढेसँगै कतारले नेपाल लगायत १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोनाको कारण कतार प्रवेश गर्न नपाएका तथा बिदामा गएको समय ६ महिना बढी भएकालाई समेत कतार प्रवेश गर्न पाउने व्यवस्था मिलाएको छ । कतार छाडेको ६ महिना भित्रै पुनः कतार प्रवेश गरिसक्नुपर्ने नियम रहेकाे छ ।

नेपाली दूतावासले कन्सुलर सेवा अस्थायी रुपमा चैत २ गतेदेखि बन्द रहने जनाएको छ । दूतावास भने नियमित रुपमा खुल्ला रहने भएकाे छ ।

प्रकाशित मिति March 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।