सुनसान रोममा नेपालीका दु:ख

चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान

ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सा’स्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् ।

‘कोरोना भाइ’रसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं।’

रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन्। उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ। इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ। मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्र’तिबन्ध लगाइएको गुरुङले बताए। ‘कतै बाहिरी सहर वा जोनमा जानुपर्‍यो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टिफिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ। यो कठिनाइ लामो समय नरहला भन्ने आस छ।’

इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोना भा’इरस संक्र’मण देखिएकामा १ हजार २ सय ५० जनाको नि’धन

पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए। केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन्। ‘मान्छेहरू आफैंमा त्रसि’त छन्, केही निराश पनि छन्,’ उनले भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ।’

इटालीका सीमावर्ती मुलुकहरू स्विट्जरल्यान्ड, अस्ट्रिया, जर्मनी र फ्रान्स जाने नाका बन्द छ। सुदीपका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक उडान नगण्य मात्रै चलेका छन्। ‘यत्ति हो, यहाँ कालोबजारी हुँदैन, सामानको हाहाकार भएको छैन, बरु लामो लाममा बस्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक यातायात पनि चलेकै छन् तर सबै खालीखाली छन्।’

इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोना भा’इरस संक्र’मण देखिएकामा १ हजार २ सय ५० जनाको नि’धन भएको छ। उत्तरी भेगमा रहेका मिलानो, भिनेतो, लुम्बार्दो, भारजेजस्ता ठाउँमा प्रको’प अत्यधिक छ। यी क्षेत्रमा आफू बसेको पाँच सय किलोमिटरभित्र मात्रै हिँडडुल गर्न सकिने र बाहिर जानुपरे अनिवार्य स्वास्थ्य प्रमाणपत्र तथा प्रहरीको अनुमति लिनुपर्छ। यही भेगका डेढ करोड नागरिकलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा राखिएको छ, जहाँ नेपालीको पनि बसोबास छ।

इटाली मामला हेर्ने जेनेभास्थित स्थायी नियोगका उपप्रमुख तीर्थराज वाग्लेका अनुसार कोरोना सन्त्रा’सका कारण इटाली र स्विट्जरल्यान्डमा रहेका समेत नेपाली समुदायमा कुनै प्रकारको समस्याको खबर भने आएको छैन। उनले दिएको आधिकारिक तथ्यांकअनुसार इटालीमा १ हजार ६ सय र स्विट्जरल्यान्डमा ४ सय नेपाली छन्। रोममा रहेको नेपाली अवैतनिक दूतावासले स्थानीय नेपालीको मामला हेर्दै आएको छ।

इटालीमा रहेका गैरआवासीय नेपाली प्रतिनिधिले भने इटालीमा झन्डै २ हजार ५ सय नेपाली रहेको बताए। उनका अनुसार तीमध्ये करिब १ हजार जना महिला छन्। ‘झट्ट हेर्दा सबै ठीकठाक छ,’ गैरआवासीय संघ, राष्ट्रिय समन्वय परिषद्का सचिवसमेत रहेका अधिकारीले भने, ‘तर भित्री स’न्त्रास बढेको छ। बाटोमा हिँड्दा एकले अर्कोलाई त्रा’स वा शं’काको नजरले हेर्न थालेको अनुभूति हुन्छ। फेरि समाचारमा दिनहुँ एक सय जनाभन्दा बढी म’रिरहेको हेर्नु/सुन्नुपर्छ, यसकारण हामी अलिक निसा’सिएका हौं।

‘स्पेनमा नेपाली सुरक्षित’ – दावा शेर्पा, राजदूत (म्याड्रिड)
स्पेनको राजधानी म्याड्रिडका सबै विद्यालय र विश्वविद्यालय यो सातादेखि बन्द भएका छन्। एक खालको सन्त्रासको स्थिति छ तर निरन्तरको सम्पर्क र सचेतनाका कारण नेपाली समुदायमा कोरोना सं’क्रमणको ठाडो प्रभाव र सं’कट देखिएको छैन। त्यसमाथि नेपाल सरकारले निकालेको अध्यागमन सूचनामा स्पेनसहितका आठ मुलुकका हकमा ‘अनअराइभल’ मात्रै होइन, यहाँ दूतावास प्रक्रियाबाट लिन सकिने पर्यटक भिसासमेत बन्द भइसकेको छ। अघिल्लो सातासम्म भिसा प्रक्रिया जारी रहँदा पनि ‘कोभिड–१९ नेगेटिभ’ प्रमाणपत्र नल्याई प्रक्रिया अघि बढाइएको थिएन।

स्पेन सरकारको अध्यागमनमा दर्ता भएअनुसार सन् २०१९ को पछिल्लो तथ्यांकमा स्पेनमा ५ हजार ६४ नेपाली छन्। काटालुनामा २ हजार २ सय २६ (बार्सिलोनासहित), म्याड्रिडमा ६ सय ९० र पाइस–वस्कोमा ५ सय १७ नेपाली रहेको तथ्यांक छ। र, नेपालीको बसोबास रहेकै क्षेत्र सबैभन्दा बढी प्रभावित पनि देखिएका छन्।

स्पेनमा शनिबार बिहानसम्म ५ हजारभन्दा बढी व्यक्तिमा सं’क्रमण देखिएकोमा १३३ जनाको मृ’त्यु भइसकेको छ। स्पेनको विदेश मन्त्रालयले बिहीबार जारी गरेको सर्कुलरमा स्पेनी नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक देश छाडेर बाहिर नजान भनिएको छ। विश्वका ६१ वटा मुलुकले स्पेनका नागरिकलाई यात्रामा रोक लगाउने निर्णय गरिसकेका छन् भने यो बेला आवश्यक ‘सतर्कता र सचे’तना अपनाउन आफ्नो समुदायलाई नेपाली दूतावास र गैरआवासीय नेपाली संघसहितले आग्रह गरिरहेका छन्। यो खबर कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

तस्बिर : सुदीप अधिकारी

प्रकाशित मिति March 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।