बेहुली हुँदा ‘धपक्कै’ बलेकी आँचल, हेर्नुहोस् ६ तस्बिर

अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार अर्थात् फागुन २९ गते विवाह बन्धनमा बाधिए। काठमाण्डौको एक होटलमा आयोजना भएको बिहे समारोहमा आफन्त, साथीभाई र सिमित मात्रामा चलचित्रकर्मीलाई मात्र निम्तो गरिएको थियो । नायिका आँचल शर्मा बेहुली बन्दा खुशी देखिएकी थिइन् । आँचल र उदिपले करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् ।

चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् । आँचल र उदिपले चैत्र १ गते बिहे भोजको आयोजना गरेका छन् ।

आँचलले सामाजिक संजालमा तस्विर शेयर गर्दै डाक्टर उदिप र आफु सधैको लागि एक भएको भन्दै क्याप्सन लेखेकी छिन्। साथै आफ्नो विवाहलाई सधैको लागि एक सुन्दर स्मृति बनाएकोमा सबैलाई धन्यवाद दिएकी छिन्।

प्रकाशित मिति March 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।