तरकारी बोकेको जीप दुर्घटना ४ को मृत्यु, १० घाइते

घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पताल र गम्भीर घाइतेहरुलाई भने काठमाडौंमा उपचार भइरहेको

धादिङमा जीप दुर्घटना भएको छ । गल्छी गाउँपालिका ६ को बाझगाउँमा तरकारी बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० घाइते भएको बताइएको छ । जीप सडकबाट २० मिटर तल खसेको थियो ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पताल र गम्भीर घाइतेहरुलाई भने काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको एवं मृतक र घाइतेको सनाखत हुन बाँकी नै रहेको प्रहरीे जनाएको छ ।

प्रकाशित मिति June 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।