क्यानडाका प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना भा’इरस भएको पुष्टि

एजेन्सी-क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइर’स भएको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हाे ।

ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेकाे र बुधबार राती सामान्य ज्व’रो/strong>

यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेकाे र बुधबार राती सामान्य ज्व’रो पनि आएको थियो ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्टमा कोरोना भा’इरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।

प्रकाशित मिति March 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।