रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु गरेका छन्। बिहीबार औपचारिक रुपमै खरेलले अभियानको सुरुवात गरेका हुन्। राजधानीमा अयोजित उद्घाटन समारोहमा बोल्दै खरेलले देशमा भ्रष्टा’चार, वि’कृति र वि’संगति बढेको भन्दै बा’ध्य भएर अभियान सञ्चालन गर्नु परेको बताएका छन्।

अभियानले भ्र’ष्टाचारमुक्त राष्ट्र निर्माणसहित विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ। कार्यक्रममा लक्ष्य प्राप्तिका लागि विभिन्न आधा दर्जन कार्यक्रम सार्वजनिक भएका छन्। यसअघि राजनीतिक दल घोषणाको तयारी भएको बताइए पनि खरेलको नेतृत्वको अभियानले राजनीतिक मु’द्दा समावेश गरेको छैन।

साझा पार्टीले अघि सारे जस्तै यो अभियानले समेत विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग गरेको छ। खरेल नेतृत्वको अभियान सञ्चालन केन्द्रीय तदर्थ कार्यकारी परिषद्मा पाँच सदस्य रहेका छन्। परिषदमा खरेलसँगै देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।

अभियान सुरुवात गरिएको कार्यक्रममा मास्क वितरण भएको थियो।

प्रकाशित मिति March 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।