कोरोना त्रा’सको बीच कलाकारले यसरी मनाए होली, हेर्नुहोस् ११ तस्बिर

चीनबाट शुरु भएको कोरोना भाइ’रसका कारण यस वर्षको फागु पूर्णिमा खासै उल्लासमय रहेन । विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइ’रस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भी’डभामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो ।

हरेक वर्ष नेपाली फिल्म क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्ने गर्थे । रिलिजका क्रममा रहेका फिल्मले पनि होलीको अवसर पारेर होलीका कार्यक्रमहरु राख्ने गर्थे । यसपटक भने त्यस्तो माहोल देखिएन । कलाकारले खुलेर समूहमा होली आयोजना नगरेपनि केहिले भने आआफ्नै तरिकाले होली मनाएका छन् ।

अाफ्नै तरिकाले होलि मनाएर सामाजिक सञ्जालमा फोटोहरू शेयर गरेका छन् । नायिका प्रियंका कार्कि , कलाकार किरण केसी, हरीवंश अाचार्य, नायक निखिल उप्रेती, नायिका रेखा थापा लगायतका कलाकारले होली मनाएका छन् ।

हेरौँ कुन कलाकारले कसरी मनाए होली

प्रकाशित मिति March 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।