विवाहमा प्रियंकाले आँचललाई किन बोलाइनन् ?

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच केहि दिन अघि धुमधामका साथ विवाह गरे । उनिहरूले बिभिन्न सस्कतिका साथै जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमासमेत विवाह गरे ।

उनीहरुले बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा धुमधामका साथ विवाह गरेका हुन् । प्रियंका र आयुष्मानको वैवाहिक कार्यक्रमको लागि पार्क भिलेज रिसोर्टमा बनाइएको मण्डपलाई बेहुलीझैं सिंगारिएको थियो ।

विवाहकै दिन रिसेप्सन पार्टी दिइएको थियो । निकै आकर्षक र तामझामका साथ गरिएको विवाह र रिसेप्सन पार्टीमा प्रियंका र आयुष्मानले आफन्तसँगै नायक नायिकासहित चलचित्रकर्मी, पत्रकार, व्यवसायीलगायतलाई आमन्त्रण गरिएको थियो । केकी अधिकारी, ऋचा शर्मालगायत नायिकाहरुलाई पनि उपस्थित थिए ।

तर, नायिका आँचल शर्मा भने उपस्थित थिइनन् । प्रियंकाले आँचललाई नबोलाइएकामा अहिले चलचित्र क्षेत्रमा गफको विषय बनिरहेको छ । साथै प्रियंकाले पठाएको निमन्त्रण कार्ड आँचलकहाँ नपुगेको पनि भनिएको छ । तर, यसबारे दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति March 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।