नेता देखि कुकुरले समेत मनाए योग दिवस, हेर्नुहोस् अनाैठा १८ तस्बिर

आज संसारभरी पाँचौं अन्तरराष्ट्रिय योग दिवस मनाइँदैछ । भारतमा मुख्य आयोजना झारखण्डको राजधानी राँचीमा भएको थियो जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएर योग समेत गरेका थिए । यो मौकामा मोदीले भने, ‘योग अनुशासन हो, समर्पण हो र यसको पालना जीवनभरी गर्नुपर्छ । योग सबैको हो र सबैकुरा योग नै हो ।’ योग दिवसको अवसरमा नेपालमा रहेका भारतीयले सगरमाथाको काखमा योग गरेर इतिहास रचेका छन् ।

यसका साथै, पतंजली योगपिठ र जानकी मन्दिर ट्रस्टले जनकपुरस्थिती जानकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा पनि सयौंको सहभागीता रहेको थियो । यसका साथै भारतीय सैनिक र उनीहरुको कुकुरले पनि योगा गरिरहेको तस्बिर सामाजिक संजालमा पोष्ट भएका छन् । भारतीय सैनिकले बरफले ढाकिएको स्थानमा समेत योग गरेर यो विशेष दिनको सम्झना गरे ।

भारतीय नेतादेखि सेलिब्रिटीसम्मले योग गरिरहेको हेराै तस्बिर ः

प्रकाशित मिति June 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।