१९ जना संक्र’मितलाई चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार
भारतमा नोवेल कोरोना (कोभिड–१९) भा’इरसको संक्र’मित संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनामा सं’क्रमण देखिएको हो ।
संक्र’मित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको संकेत देखिएको थियो । १९ जना संक्र’मितलाई चिकित्सकको निगरानीमा अस्पतालमा राखेर उपचार गराई रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइ’रसको संक्र’मण भारतको केरलाका साथै दिल्ली, तेलंगना, जयपुर लगायतका क्षेत्रमा देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रकाशित मिति March 4, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।