प्रधानमन्त्रीविरुद्ध नेविसंघ-तरुण दलको अमर्यादित नाराबाजी: …ले के भन्छ, केपी ओली ले भन्छ

मिर्गौला प्र’त्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दुई भातृ संगठनले मानवीय संवेदनाको पनि ख्याल नगरी नाराबाजी गरेका छन्।

ओलीको मिर्गौला प्रत्या’रोपणको सफलताको कामना भइरहेका बेला मकवानपुरको हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य शैलीमा नाराबाजी गरेकाे प्रत्यक्षदर्शीहरुले बताएका छन्।

…ले के भन्छ, केपी ओली ले भन्छ’,

पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा न्यूनतम् मानवीय संवेदनाको पनि ख्याल नगरी …ले के भन्छ, केपी ओली ले भन्छ’, सहितका अ’मर्यादित नारासहित बजार परिक्रमा गरेका थिए। प्रधानमन्त्री ओली जीवन-मर’ण संघर्षमा रहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताले सामाजिक मर्या’दाको पनि ख्याल नगरेको भन्दै स्थानीयले पनि आ’क्रोश पोखेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस भन्ने बेलामा अप्रि’य घट’नाको कामनासहित हेटौँडा २ संगमचोकमा गरिएको नाराबाजी सुनेर स्थानीयबासीले पनि अफठ्यारो मानेका थिए। पेट्रोलियम पदार्थमा करवृद्धिको विरोधमा निकालिएको जुलुशका सहभागीले अधिकांश समय प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै गा’ली गरेका थिए।

प्रकाशित मिति March 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।