नेपाल भ्रमण सकेर स्पेन फर्किएका व्यक्तिको कोरोना भा’इरसका कारण मृ’त्यु

केही समय अघि नेपाल भ्रमण सकेर स्पेन फर्किएका एक व्यक्तिको कोरोना भा’इरसका कारण ज्या’न ग’एको छ ।नेपाल भ्रमण गरेर फर्किएका ति व्यक्तिको गत फेब्रुवरी १३ का दिन स्पेनको आर्नउ डे भिलानोभा अस्पतालमा मृ’त्यु भएको स्पेनी स्वास्थ्य विभागलाई उदृत गर्दै डेली मेलमा खबर छ ।

नेपाल भ्रमण सकेर फर्किएलगत्तै बिरामी परेका उनको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा ज्या’न गयो । मृ’त्यु पश्चाल अस्पतालले निमोनियाका कारण ज्या’न ग’एको बताए पनि हाल आएर उनको मृ’त्यु कोरोना भाइर’सको संक्र’मणबाटै भएको पुष्टी भएको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसबाट स्पेनमा अहिले १६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन् । डेली मेलका अनुसार, उनलाई नेपालमै कोरोनाको संक्र’मण भएको हो या अन्य ठाउँबाट भएको भन्ने बारे चाँही अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति March 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।