कोरोनाको आ’शंकामा टेकु अस्पताल भर्ना गरिएका ४ जनाको रिपोर्ट यस्तो आयो

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइ’रसको सं’क्रमण नदेखिएको

काठमाडौं: कोरोना भाइ’रसको आशं’कामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइ’रसको सं’क्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आ’शंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

प्रकाशित मिति March 3, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।