आफन्तको स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अपिल

नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न सूचना जारी गरेको छ। प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको जनाएको छ।

‘यात्रुहरूलाई स्वागत तथा विदाइ गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध

सरकारले आइतबार संक्रम’ण फैल’न सक्ने भन्दै सार्वजनिक स्थानमा भी’डभाड कम गर्न आग्रह गरेको थियो। प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ।

‘यात्रुहरूलाई स्वागत तथा विदाइ गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ’ प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति March 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।