मन्त्रीकी छोरीको महंगो बिहे : १ लाख पाहुना, ८ अर्ब खर्च

हामीकहाँ जतिसुकै महंगो बिहे भए पनि त्यो धेरैमा करोडको अंक होला । उता भारतमा चाहीँ ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइदिँदै छन् ।कर्नाटक राज्यका स्वा’स्थ्यमन्त्री बी श्रीरामुलुले खर्चमा इतिहास रच्दै छोरीको बिहे गराइदिन लागेका हुन् ।

कर्नाटकमा भारतीय जनता पार्टीका संक’टमोचक भनेर समेत चिनिने दलित नेता श्रीरामुलुले छोरी रक्षिताको बिहे आगामी मार्च ५ मा तय गरेका छन् । छोरीको बिहेमा नेतानीले पानी झैँ गरी पैसा बगा’उँदैछन् ।

भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्रीलगायतका नेताहरुलाई उनले व्यक्तिगत निमन्त्रणा

हैदरावादका एकजना उद्योगपतिसँग मन्त्रीकी छोरीको बिहे हुन लागेको हो । पाँच तारेखमा हुने बिहेको पूजाआजा तथा भोजभतेर २७ फेब्रुअरीमै सुरु भैसकेको छ । ९ दिनसम्म चल्ने उक्त समारोह भारतमा यो दशककै सबैभन्दा महंगो बिहे हुने बताइएको छ ।

पछिल्लो ३ महिनादेखि बिहेको मण्डप निर्माण कार्य भैरहेको छ । समारोह स्थल हम्पी विरुपाक्ष मन्दिरसमेत अन्य मन्दिरको स्वरुपमा तयार

स्मरण रहोस् यसअघि कर्नाटकमै जनार्दन रेड्डी नामका नेताले छोरीको बिहेमा करोडौँ खर्च गरी सबैभन्दा महंगो बिहेको रेकर्ड रोखका थिए । श्रीरामुलुले उक्त रकेर्ड तोड्नेछन् ।

मन्त्रीले छोरीको बिहेमा भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्रीलगायतका नेताहरुलाई उनले व्यक्तिगत निमन्त्रणा नै पठाएका छन् । विशिष्ठ पाहुनाहरुको बसोबासका लागि बैंगलोरमा विशेष व्यवस्था गरिएको छ । बिहेको लागि १ लाख पाहुनाहरुलाई निम्तो कार्ड पठाइएको छ । निम्ताकार्ड सँगै केशर, सुकुमेल, सिन्दुर, बेसार तथा अक्षता पनि पठाइएको छ ।

४० एक्कड क्षेत्रफलमा फैलिएको प्यालेस ग्राउण्डमा उक्त बिहे समारोह हुँदैछ । जसमध्ये १५ एक्क्ड त गाडीको पार्किङका लागि मात्र छुट्टाइएको छ ।पछिल्लो ३ महिनादेखि बिहेको मण्डप निर्माण कार्य भैरहेको छ । समारोह स्थल हम्पी विरुपाक्ष मन्दिरसमेत अन्य मन्दिरको स्वरुपमा तयार गरिएको छ, जुन ४ एक्कडमा फैलिएको छ ।

बलिउड अभिनेत्री दीपिका पादुकोणकी मेकअप आर्टिस्टले बेहुलीलाई सजाउनेछिन् । बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित क्यामराम्यानहरुले बिहेका दृश्यहरु खिच्नेछन् । एजेन्सी

प्रकाशित मिति March 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।