बालिका खड्का (राई) नाम गरेकी महिलाले राईविरुद्ध मु’द्दा दायर
प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मु’द्दा दायर गरेकी छन् ।
दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरु’द्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मु’द्दा दायर गरेकी हुन् ।काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का (राई) नाम गरेकी महिलाले राईविरुद्ध मु’द्दा दायर गरेकी हुन् ।
खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिं’सा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उनले आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् ।
प्रकाशित मिति February 28, 2020हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।