रचनाले लेखिन मार्मिक स्टाटस- आजबाट तपाईंहरु सबैकी ‘रचना’ भएकी छु !

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को टप सातबाट झापाकी रचना रिमाल आउट भएकी छन् । उनि भोट कम भएपछि शो बाट आउट भएकी हुन् । यद्यपी यस अघिको भोटिङ्गहरुमा रचनाले अ’त्याधिक भोट पाउदै आइरहेकी थिइन ।

स्टेजबाट बाहिरीदा उनि लगायत जज र प्रतिष्पर्धीहरुको आँखा रसाए । उनि नेपाल आइडलबाट बाहिरिदै गर्दा भक्कानिएर रोएकि थिइन्। भने उनले अाफ्नो फेसबुकमा मार्मिक स्टाटस लेखेकि छन् ।

रचना रिमालले लेखेको स्टाटस् जस्ताको त्यस्तै:

समपुर्णमा नमस्कार !
नेपाल आइडल सिजन थ्रीमा आज देखि मेरो यात्रा सकिएको छ । सर्वप्रथम त उत्कृष्ट ७ हुँदै अर्को चरणमा प्रबेश गर्नु हुने मलाई अत्यन्तै माया गर्नु हुने प्रतिभाशाली दाइ दिदीहरुलाई हार्दिक बधाई ।

फरक ठाउ, फरक परिवेश अनि फरक कोखबाट जन्मिएका हामी अब एउटै परिवार भएका छौ । तपाईंहरुको माया, साथ, सहयोग र शिक्षालाई म कहिले भुल्न सक्ने छैन । यो यात्रामा हामिले बिताएका पल र यो समय जिवनभर मुटुमा साचेर राख्ने छु ।

तिनै जना निर्णायक ज्यु प्रति म संग आभार प्रकट गर्ने शव्द नै छैन, नेपाली संगीतका धरोहर न्हु सरले मेरो घरमै आएर मलाई सुनी दिनु भएको दिन देखि आज सम्मको यात्रामा हजुरहरुले बढाउनु भएको हौशला, दिनु भएको ज्ञान र देखाउनु भएको बाटो मेरालागि मार्गदर्शक हुनेछ्न । मलाई प्रस्तुतिकालागि तयार पार्नु हुने मेन्टर, प्रस्तोता दाइ दिदी र आइडलका सम्पुर्ण सदस्य ज्यु हरु प्रती सदैब कृतज्ञ रहनेछु ।

आजबाट तपाईंहरु सबैकि “रचना” भएकी छु, यो माया कहिले कम नहोस् । धन्यवाद धेरै माया

नेपाल आइडल र एपि वान टेलिभिजनलाई मुरि मुरि धन्यवाद छ, झापाको एउटा कुनामा गित संगीत सुन्न र गाउन मन पराउने एउटा अबोध फुच्चिलाई यति ठूलो प्ल्याटफर्ममा उभाई दिनु भयो । र विशेष रुपमा हजुरहरु सबैलाई विशेष धन्यवाद, विशेष माया र विशेष आभार ! मैले कहिले महसुस पनि गरेकि थिईन कि म यति धेरै भाग्यमानी रहेछु ।

कार्यक्रमको सुरुवाती दिन देखि नै तपाईंहरु ले दिनु भएको माया, साथ र हौसलाको लागि म संग धन्यवाद भन्ने कुनै शव्दनै छैन । आफ्नो घर गाउबाट बिरलै बाहिर निस्केकी , डर र आत्मविश्वासको अभावमा कामी रहेकी एउटा फुच्चीलाई तपाईंहरुले जुन साथ, सहयोग र हौशला दिएर लगातार तीन पटक सर्बाधिक भोट दिएर मलाई आइडलमा जसरी बलियो बनाएर राख्नु भयो त्यसकोलागी मैले जति धन्यवाद भनेपनी कम नै हुन्छ । देश देखि बिदेशका विभिन्न ठाउँबाट जसरी हजुरहरुको सहयोग पाए त्यसको ऋणि म जीवन भर रहने छु ।

मेरो गृह जिल्ला झापाबाट मलाई जुन किसिमको सहयोग भयो त्यसको लागि म आफ्नो जिल्ला र समपुर्ण झापालीहरु प्रती कृतज्ञ छु । मलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने स्थानीय सम्पुर्ण गुरु, आफन्त, दाजु भाइ, दिदी बहिनी, साथीभाइ र संघ संस्थालाई एक मुस्ठ आभार व्यक्त गर्न चाहान्छु । हजुरहरु समपुर्ण प्रति माफी पनि माग्न चाहान्छु कि कार्यक्रममा मैले आफ्नो क्षमता अनुसारको प्रस्तुती दिन सकिन ।

धेरै कुरा सिक्न पाएको छु, अझै सिक्न बाकी छ, आगामी दिनमा आत्मविश्वास उच्च राख्दै संगीत साधनामा अगाडी बढी राख्ने छु । हजुर हरुको मायाको ब’दला कुनै दिन हजुरहरुलाई गर्ब गर्ने मौका दिन सके भने आफुलाई सफल सम्झिने छु । हिजो सम्म मेरो परिवारको मात्र थिए, आजबाट तपाईंहरु सबैकि “रचना” भएकी छु, यो माया कहिले कम नहोस् । धन्यवाद धेरै माया ।

प्रकाशित मिति February 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।