दोलखा भीमसेनलाई पसिना आएपछि शितल निवासले पठायो कालो बोको

दोलखा । गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बोकाको ब’लि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको ब’लिसहित क्षमा पूजा गर्ने प्रचलन छ । पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखकामा पठाउने गरिन्छ । भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो ।

प्रकाशित मिति February 27, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।