उदिपका साथमा आँचलः पलले दिए शुभकामना

नायिका आँचल शर्माले आफ्नो प्रेमी डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरु केही समय अघि देखि प्रेम सम्बन्धमा थिए । चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले छोटो समयमा नै फिल्मी क्षेत्रमा आफ्नो राम्रो छाप छोडेकी छन् । उनले चितवन निवासी डा। श्रेष्ठसँग सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा आफ्ना केही आफन्त र साथीभाइहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन्। उनीहरुको फागुन २९ गते विवाह हुने बताइएको छ।

दुइको परिवार मात्र सहभागी भएको समारोहलाई विशेष बनाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् । आँचल लेहेङ्गमा निकै खुलेकी थिइन् ।

केही समय अघि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा रहेको चर्चा जताततै थियो । यो जोडीलाई पर्दामा मात्र होइन दर्शकले वास्तविक जीवनमा पनि सदैव सँगै हेर्न चाहने दर्शकको संख्या पनि उत्तिकै थियो ।

तर पर्दाको सबै जोडीले कहाँ जीवन एक अर्कासँगै बिताउँछन् र दर्शकको मनले एक खोजे पनि उनीहरूको व्यक्तिगत जीवन अर्कै हुन्छ । दर्शकले ‘आँप’ जोडीको रूपमा मन पराएका आँचल र पल एकसाथ नदेखिनु को कारण हो आँचलको विवाह ।

आँचलको विवाह हुन लागेको थाहा पाउँदा खुसी व्यक्त गर्दै उनले भने, “दर्शकहरूले आँप जोडीलाई मन पराइदिनु भयो यो खुसीको कुरा हो ।

कत्तिलाई त हामी साँच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो ।हामी मिल्ने साथी मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सीमित भएको हो । आँचलले विवाह गर्दै हुनुहुन्छ जुन खुसीको कुरा हो । आँचललाई विवाह बन्धनमा बाँधिन लागेकोमा शुभकामना दिन चाहन्छु” । उनले एक युट्युव च्यानलसँगको अन्तर्वातामा भनेका छन् ।

प्रकाशित मिति February 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।