पूर्वडीआईजी रमेश खरेलले ज्ञानेन्द्र शाहीसँग मिलेर नयाँ दल खोल्दै

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान चलाउने भएका छन्। उक्त अभियानको औपचारिक घोषणा बिहीबार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा गरिनेछ। उक्त अभियानमा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत छन्।

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने

‘देशमा भएका विकृ*ति, बिसंगति, भ्रष्टा*चार, कुशासनको विरोध गर्न र जनतालाई सचेत बनाउन अभियान सुरू गर्न लागेका हौं,’ खरेलले भने,‘नेपालभित्रका अरू साथीहरू पनि हुनुहुन्छ।

उनले अभियान कसरी चलाउने भन्नेबारे थप जानकारी भोलिको कार्यक्रममा सार्वजनिक गरिने बताए। खरेलले भ्र’ष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए। सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए।

खरेलले २०७४ साल चैतमा डिआइजीबाट राजीनामा दिएका थिए। तत्कालीन डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि खरेलले राजीनामा दिएका हुन्।

प्रकाशित मिति February 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।