प्रियंका र आँचलको नयाँ जीवन….

सोमबार अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । यही साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि विवाह गर्दैछन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले गत असारमा इन्गेजमेन्ट

दुई अभिनेत्रीका लागि यो हप्ता निकै विशेष बन्यो। अभिनेत्री प्रियंकालाई पछिल्लो समय ब्याचलर पार्टीका तस्बिर इन्स्टाग्राममा राख्न भ्याइ नभ्याई थियो। मंगलबार प्रियंकाले हातमा मेहेन्दी लगाएकी छिन्। आयुष्मानलेसमेत आफ्नो हातमा मेहेन्दीले प्रियंकाको नाम लेखेका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले गत असारमा इन्गेजमेन्ट गरेका थिए।

आँचल र उदीप भने यही फागुन अन्तिमतिर बिहे गर्ने चर्चा छ।

प्रकाशित मिति February 25, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।