कमेडी च्याम्पियनबाट बाहिरिए ‘मेक्सम’

शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा

रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन ।

हिमेश ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा सुरक्षित

तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।

उत्कृष्ट ४ को प्रस्तुतीमा हिमेश ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा सुरक्षित बनेका हुन् । यो शो आज बेलुकी प्रशारण हुँदैछ । तर, शो प्रशारण अगाडि नै मेक्सम बाहिरिएको खबर सार्वजनिक भएपछि दर्शकमा अन्तिम ३ मा को पुग्नेछन् भन्ने कौतुहलता भने रहने छैन ।

प्रकाशित मिति February 24, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।