जब जन्मने बित्तिकै रुनुको सट्टा रिसाइन् उनी

एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ। शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो।

फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो।फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोजे तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाउदै रिसाइन ।

आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफरलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कैद गरेका थिए।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का*ट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले ग*म्भीर प्रतिक्रिया देखाइन् र नाभी का*टेपछि मात्रै रुन थालिन्।’

उनले इसाबेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् । उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन्।

प्रकाशित मिति February 23, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।