मोडल ऋचा थापाको ‘महादेव अवतार’ (फोटोफिचर)

म्युजिक भिडियोको बाटो हुँदै फिल्ममा आएकी हुन्, ऋचा थापा । लोक, दोहोरी तथा थुप्रै आधुनिक गीतमा मोडलिङ गरेकी उनले ‘आरोप’, ‘लभ यू हमेशा’ आदि फिल्ममा अभिनय गरेकी छिन् ।

सानैदेखि गीत–संगीत र फिल्ममा रुचि राख्ने उनले सुरुवाती फिल्ममा सोचेजस्तो सफलता पाइनन् । ‘सुरुमा सफलता नपाए पनि यो क्षेत्र छाडेर जाने सोच चाहिँ छैन,’ उनी भन्छिन्, ‘ती फिल्मले धेरै कुरा सिकाएका छन् । नयाँ फिल्ममा त्यो सिकाइ प्रयोग गर्नेछु ।’

करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी ऋचाले फिल्म ‘लोग्नेमानिस’मा सानोतिनो भूमिका निर्वाह गरेकी थिइन् । ‘कलाकारिता क्षेत्रमा सानैदेखिको रुचि हो,’ उनी भन्छिन्, ‘त्यसैले अभिनयलाई रोजेकी हुँ ।’

प्रकाशित मिति February 22, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।